समता घरेलु लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
लघुवित्तले केन्द्रीय कार्यालय को जनशक्ति तथा तालिम विभाग अन्तर्गत वरिष्ठ अधिकृत।सहायक अधिकृत।कनिष्ठ अधिकृत, लेखा विभागका लागि वरिष्ठ अधिकृत।कनिष्ठ अधिकृत, वित्त विभागका लागि कनिष्ठ अधिकृत।वरिष्ठ सहायक, कर्जा जोखिम तथा असुली विभागका लागि वरिष्ठ तथा कनिष्ठ अधिकृत, सूचना तथा प्रविधि विभाग अन्तर्गत, बरिष्ठ अधिकृत।कनिष्ठ अधिकृत केही संख्यामा र ग्राहक सेवा डेक्सका लागि सहायक अधिकृत (एकजना महिला) माग गरेको हो ।
त्यस्तै, अनुगमन अधिकृत।इलाका प्रमुख तोकिएको इलाकाका लागि केही संख्यामा, केही शाखा कार्यालयका लागि शाखा प्रमुख, फिल्ड कर्मचारी र प्रशिक्षार्थी केही संख्यामा माग गरेको छ ।
सो पदहरुका लागि कम्पनीले स्नातक तह उत्तीर्णदेखि न्युनतम एसईई उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन् ।