नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । यो साता नेप्सेमा थप ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।नेप्सेमा वैशाख महिनाको दोस्रो सातासम्ममा ६ कम्पनीको १ करोड ११ लाख २ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा लाइफ इन्स्योरेन्स कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले २० प्रतिशत बोनस बापतको उक्त सेयर सूचीकृत गराएको हो अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि मात्र लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
त्यस्तै, छिमेक लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमध्ये छिमेक लघुवित्तका् २७ प्रतिशत बोनस सेयर बापतको ४९ लाख ४१ हजार कित्ता, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ७.७० प्रतिशत बोनस सेयर बापतको ६ लाख ४५ हजार ४०१ कित्ता, मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर बापतको २ लाख ५ हजार ९५५ कित्ता बोनस नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै, नेप्सेमा कालिका लघुवित्तको १३ प्रतिशत बोनस सेयर वापतको ३ लाख ५९ हजार ९४५.१६३५ कित्ता र उन्नती सहकार्य लघुवित्तको ३० प्रतिशत बोनस सेयर वापतको ५ लाख २८ हजार ५०९.११९१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।