युनियन हाइड्रोपावरको खुद नाफामा उछाल, अन्य सूचक कस्तो ?

१६ बैशाख २०७९, शुक्रबार १२:००

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार कम्पनीको नाफा १८५.११ प्रतिशत बढेको हो । गत आवको यसै अवधिसम्म कम्पनीले ८९ लाख ६७ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा बढ्दा समग्र खुद  नाफा बढ्न टेवा पुगेको छ । गत वर्ष विद्युत् बिक्रीबाट ५ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर ६ करोड ५९ लाख रुपैयाँ पुर्याएको छ ।

यसले सञ्चालन नाफा पनि ४ करोड १८ लाख रुपैयाँबाट बढाएर ५ करोड २८ रुपैयाँ पुर्याएको छ । चैत मसान्तसम्म आइपुग्दा युनियनको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा भने ५ करोड ४ लाख ७१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५५ पैसा (बार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ २७ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*