प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

१६ बैशाख २०७९, शुक्रबार ११:२९

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने कम्पनीका विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर कम्पनीको प्रचलित नियमअनुसार अन्य ब्यक्ति तथा संघ सस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*