शिखर इन्स्योरेन्सको हकप्रदमा अवितरित शेयर लिलामीमा

१६ बैशाख २०७९, शुक्रबार ११:२३

काठमाडौं । शिखर इन्स्योरेन्सको हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ ।कम्पनीको बैशाख १९ गतेदेखि हकप्रदमा अवितरित ७७ हजार ७ सय २० दशमलव ८८ कित्ता शेयर लिलाम गर्ने भएको हो । यी सबै सर्वसाधारण समुहका शेयर हुन् ।

कम्पनीले बैशाख १९ गतेदेखि बैशाख २६ गतेसम्म यी शेयर लिलाम गर्न लागेको हो । शेयर लिलाम प्रक्रियाको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
लिलामीको शेयरमा एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट तथा नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाहरु पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगंज र गोल्छाचोक विराटनगर । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालयहरुः नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीबाट आवेदन दिन सकिने छ।

आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि दिनु पर्ने छ भने अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ। कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*