नेशनल हाइड्रोपावरको नाफामा आकर्षक सुधार, इपिएस कति ?
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरणअनुसार कम्पनीको वित्तीय अवस्था सुधार हुँदै गएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेसनलले ३ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष कम्पनीले ६६ लाख ९२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । यसअवधिमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ रेभिन्यू संकलन गरेको छ । गत वर्ष यसले २ करोड ८४ लाख रुपैयाँ रेभिन्यू संकलन गरेको थियो ।
कम्पनीले अन्य श्रोतबाट पनि ४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न गएको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ६४ करोड २५ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने ३ करोड ४४ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्म आइपुग्दा नेसनलको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १५ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ १० पैसा छ ।