अजोड इन्स्योरेन्सका सिइओ कुमार बहादुर खत्रीको कार्यकाल थप गर्ने निर्णय

१६ बैशाख २०७९, शुक्रबार १०:४३

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुमार बहादुर खत्रीको कार्यकाल थप गरिने भएको छ ।

कम्पनीको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले सिइओ खत्रीको कार्यकाल ४ वर्ष थप गर्ने र सो को स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने निर्णय गरेको हो ।

बीमा समितिबाट स्वीकृति प्राप्त भएको खण्डमा अजोड इन्स्योरेन्सको सिइओमा थप ४ वर्षको लागि खत्रीले कार्यकाल सम्हाल्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*