एलआइसी नेपालको २० प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

१६ बैशाख २०७९, शुक्रबार ०९:०५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले फागुन ११ गते सम्पन्न १९र्आैं वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर डिम्याट खातामा पठाएको हो ।

कम्पनीले बुकक्लोज बन्द हुँदाका बखत अभौतिक शेयर धारण गरेका सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर वैशाख १४ गते नेप्सेमा सूचीकृत गराई वैशाख १५ गतेदेखि जम्मा गरिदिएको हो ।

साथै अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुले सो कम्पनीको शेयर अभौतिकीकरण गराएपश्चात मात्रै कम्पनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*