महालक्ष्मी विकास बैंक र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच सहकार्य
१६ बैशाख २०७९, शुक्रबार ०६:१३
काठमाडौं । महालक्ष्मी विकास बैंक र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।
उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।