नबिल बैंकले विभिन्न १४ नयाँ शाखाको एकसाथ उद्घाटन

१५ बैशाख २०७९, बिहीबार १९:०८

काठमाडौं । नबिल बैंकले विभिन्न १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ ।बिहीवार धुम्बाराही मालीगाउँ काठमाडौं, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक एकैसाथ उद्घाटन गरेको छ ।

आज आयोजित उद्घाटन कार्यक्रमका बीच प्रमुख अतिथि नबिल बैंकका अध्यक्ष पेन्द्र प्रसाद पौडेल र काठमाडौं महानगरपालिका–५ का वडाध्यक्ष रमेश डङ्गोलले संयुक्त रुपमा धुम्बाराही मालीगाउँ शाखा, बैंक संचालक श्रीमती आशा राणा अधिकारी र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतगणेश अर्यालले संयुक्त रुपमा गुसिंगाल शाखा, बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले संयुक्त रुपमा थलि डाँछी शाखा, बैंक संचालक अनन्त पौड्याल र महालक्ष्मी नगरपालिका ललितपुरका मेयर (नगर प्रमुख) रामेश्वर श्रेष्ठले संयुक्त रुपमा इमाडोल शाखा, तथा बैंकका सञ्चालक प्रविन टिबडेवाला र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरीप्रसाद चापागाईँले संयुक्त रुपमा दुवाकोट शाखाको उद्घाटन गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*