मन्जुश्री फाइनान्सको सिइओमा नारायण सुवेदी नियुक्त

१५ बैशाख २०७९, बिहीबार १८:३१

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृति (सिइओ)मा नारायण सुवेदी नियुक्त भएका छन् ।

कम्पनीको सिइओ पदमा रहेका सन्तोष निरौलाको पदावधि वैशाख २१ गतेदेखि समाप्त हुने भएकोले कम्पनीको वैशाख १५ गते बसेको संचालक समितिको बैठकले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुवेदीलाई नियुक्त गरेको हो ।

संचालक समितिले उनलाई वैशाख २२ गतेदेखि आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*