नारायणगढस्थित सानिमा लाइफको भवनमा आगलागी, राति लागेको आगो बिहान मात्र नियन्त्रणमा

१५ बैशाख २०७९, बिहीबार १६:४२

काठमाडौं । नारायणगढ कमलनगरमा हिजो राती २ बजे सानिमा लाइफ अवस्थित भवनमा आगलागी भएको छ । राति २ बजे लागेको आगोमा नियन्त्रण गर्ने क्रमममा पहिलो तल्लामा रहेको ६ वटा पसलहरु पूर्ण रुपमा क्षती भएको छ ।

आगो निभाउन चारवटा दमकललाई पाँच घण्टा लागेको छ । भरतपुर महानगरपालिका–३ नारायणगढ बजारको कमलनगरमा तुलसीराम सापकोटाको घरमा रहेको पसलहरुमा राति दुई बजे आगो लागेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दोस्रो तल्लामा रहेको सानिमा लाइफको कार्यलयमा भने झयाल र ढोकामा मात्र क्षती भएको आवश्यक डकेमेन्ट र फाइलहरुमा भने क्षती नभएको उक्त शाखाका ब्रान्च म्याजनेजर विकास भुसालले बीमापोष्टलाई जानकारी दिए ।

सापकोटाको चार तले घरको पहिलो तलामा रहेको ६ वटा पसल र कपडा गोदाममा आगो लागेको थियो ।आगो निभाउन खैरहनी नगरपालिकाको दुई र भरतपुर महानगरपालिका र नेपाली सेनाको एक/एक गरी चारवटा दमकल प्रयोग भएको थियो ।

आज बिहान सात बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अचानक आगो लागेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर निभाउने प्रयास सुरु गरेको थियो । कारणबारे अनुसन्धान भइरहेको छ ।

आगलागीबाट विष्णुप्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रिोनिक पसल, बसन्त कार्कीको श्रीकृष्ण सप्लार्य, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी र सूर्यमणि लामिछानेको दियालो फेन्सीमा नोक्सान पुगेको डिएसपी अधिकारीले जानकारी दिए । विवरणहरु संकलन हुँदै गरेका कारण क्षतिको आकलन भइनसकेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*