जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
१५ बैशाख २०७९, बिहीबार १५:२३
काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन बुधबार ५ अंकले बढेको शेयरबजार आज २२ अंकले घटेको छ ।
आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैयाँको कारोबार भएको छ ।
आज शेयरबजार २२ अंकले घटेतापनि केही कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ । आज सर्वाधिक कमाउने कम्पनीमा जाल्पा सामुदायिक लघुवित्त रहेको छ । कम्पनीको शेयरमुल्य आज ९.९९ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै, राधी विद्युत कम्पनीको ४.१७ प्रतिशत, माउन्टेन इजर्नीको ३.२९ प्रतिशत, नबिल ब्यालेन्स्ड फण्ड ३ को ३.२५ प्रतिशत र महिला लघुवित्तको २.८८ प्रतिशत अंकले बढेको छ ।