दोहोरो अंकलले घट्यो नेप्से, जीवन बीमा समुहको उच्च घट्दा १ अर्बमा कारोबार सीमित
१५ बैशाख २०७९, बिहीबार १५:०८
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन झिनो अंकको बृद्धि भएको नेप्से परिसूचक आज १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा कायम भएको छ ।
पछिल्लो केही महिनायता शेयरबजारमा घट्दो क्रममा छ । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र विदेशी मुद्रा संचिती घट्दै जानुले शेयरबजार घट्दै गइरहेको लगानीकर्ताहरुले प्रक्षेपण गरिरहेका छन् ।
आज नेप्सेमा सूचीकृत २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता शेयर किनबेच हुँदा १अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा समुहको १५५.२८ रुपैयाँले घटेको छ ।