बीमा क्षेत्रमा चमत्कारिक सुधार, बीमाको पहुँच ३७ प्रतिशत माथि

१५ बैशाख २०७९, बिहीबार १४:२८

काठमाडौं । सरकारले गत जेठ १५ गते संसदमा पेश गरेको बजेट वक्तव्यमा चालु आर्थिक बर्षमा बीमाको पहुँच ३३ प्रतिशत पुराउने लक्ष्य लिएको थियो । चालु आर्थिक बर्षको ९ महिनामै बीमाको पहुँच ३७ प्रतिशत भन्दा माथि पुगेपछि बीमा क्षेत्रमा चमत्कारिक सुधार देखिएको हो ।
बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा १ खर्ब ३१ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुले १ खर्ब १६ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका थिए ।

गत आर्थिक बर्षको तुलनामा बीमा कम्पनीहरुको कुल बीमशुल्क आर्जन १२ प्रतिशतले वृद्धि भएको छ। यस अवधिसम्ममा जीवन बीमा कमपनीहरुको जीवन बीमाशुल्क आर्जन ९ प्रतिशतले वृद्धि भएर १ खर्ब २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, यस त्रैमासको अवधिसम्ममा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २५ प्रतिशतले वृद्धि भएर २८ अर्ब ७० करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार यस अवधिसम्ममा ३ करोड माथि बीमितहरु बीमाको दायरामा जोडिएका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा २ करोड ९६ लाख बीमितहरु बीमाको दायरमा जोडिएका थिए ।

त्यस्तै, ९ महिनाको अवधिसम्ममा बीमको दायरामा ३७ प्रतिशत बीमितहरु जोडिएका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा झण्डै २७ प्रतिशत बीमित बीमको दायरामा जोडिएको थियो । त्यस्तै, म्यादी, लघु म्यादीम र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक १५ प्रतिशत बीमाको दायरामा बीमितहरु आएका छन् भने म्यादी र लघु म्यादी जीवन बीमालेख सहित ३४ प्रतिशत बीमाको दायरामा आएको बीमा समितिको तथ्ंयाकले देखाएको छ ।

यस अवधिसम्ममा बीमाको कार्यालय सङख्या १४ प्रतिशतले वृद्धि भएर ३ हजार ३ सय ३७ पुगेको छ। त्यस्तै, बीमा कम्पनीहरुको कर्मचारीहरुको सङख्या १२ प्रतिशतले वृद्धि भएर ११ हजार ८ सय ४३ पुगेको बीमा समितिको आकाँडाले देखाएको छ ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशकहरुले स्थानिय सरकार, प्रदेश सरकारसँग सहकार्य गरि विद्याालय तहसम्म हिमालदेखि पहाड र तराईसम्ममा बीमा सचेतना कार्यक्रमहरु संचालन गरिएका थिए । उक्त बीमा सचेतना कार्यक्रमको सक्रियताको कारण बीमाको दायरामा चमत्कारिक सुधार देखिएको बीमा अधिकारीहरु बताँउछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*