आर्थिक वृद्धिदर झण्डै ६ प्रतिशत पुग्ने तथ्यांक विभागको निष्कर्ष

१५ बैशाख २०७९, बिहीबार १३:१८

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष ५ दशमलव ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष ५.८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको हो । देश गम्भीर आर्थिक संकटतर्फ अघि बढिरहेको अर्थविद्हरुले दाबी गरिरहँदा देशको समग्र आर्थिक वृद्धिदर भने करि ६ प्रतिशत पुग्ने तथ्याक विभागले दाबी गरेको छ ।

सरकारले बजेटमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नौ महिनाको यथार्थ तथ्यांक र तीन महिनाको अनुमानका आधारमा नयाँ आर्थिक वृद्धि हुने अनुमान गरिएको बताए ।

एसियाली विकास बैंकले भने चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत र विश्व बैंकले ३.७ प्रतिशत हासिल हुने अनुमान गरेको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै विभागले अन्तर्राष्ट्रिय पद्धतिअनुसार राष्ट्रिय लेखा अनुमान तयार पारेको जनाएको छ ।
बाँकी तीन महिनाको अवधिमा कोरोना र अन्य कारण अर्थतन्त्रमा कुनै असर नपार्ने अनुमानका आधारमा यो लक्ष्य राखिएको विभागले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*