ज्योति लाइफद्धारा चितवन–हेटौंडा–नवलपुर क्षेत्रका क्लब मेम्बर एजेन्सीहरुको बैठक सम्पन्न

१५ बैशाख २०७९, बिहीबार १३:१५

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी क्लब मेम्बरहरुको बैठक सम्पन्न गरेको छ । कम्पनीले चितवन, हेटौंडा र नवलपुर क्षेत्रका क्लब मेम्बर एजेन्सीहरुको बैठक सम्पन्न गरेको हो ।

कम्पनीका तालिम विभाग प्रमुख उत्तम आचार्यको प्रमुख आतिथ्यता र एरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा विभागिय प्रमुख आचार्यले जीवन बीमा व्यवसायमा सफल हुने तरिका, नेपाली बीमा बजारमा ज्योति लाइफ इन्स्योरेन्सको अवस्था र विशेषता लगायतका बिषय बारे प्रकाश पारेका थिए ।

त्यस्तै सोही कार्यक्रममा एरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाले स्वागत मन्तब्य राखेका थिए भने चितवन शाखा प्रबन्धक मुकुन्द भुषालले कार्यक्रमलार्य सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा सिनियर एजेन्सी म्यानेजरु प्रेम ढकाललाई सम्मान गरिएको थियो ।

सो कार्यक्रममा कावासोती शाखा प्रमुख गगन न्यौपाने, मनहरी उपशाखाका इन्चार्ज इश्वर सुवेदी, चितवन र हेटौंडा शाखाका सेल्स एक्ज्युकेटिभहरु क्रमशः संजय पुडासैनी र सपना राजथला लगायत २० जना एजेन्सीहरुको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*