सन नेपाल लाइफद्धारा ११ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

१५ बैशाख २०७९, बिहीबार १२:५८

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको अर्घाखाँची शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले २०७८ साल भदौ १९ गतेका दिन बैदेशिक रोजगारको शिलशिलामा दुवैबाट नेपाल घर फर्कने क्रममा अर्घाखाँचीको शितगंगा–३ मा हाईस दुर्घटनामा परि ज्यान गुमाएका अर्घाखाँचीको भुमिकास्थान–९ निवाशी स्व. सन्जय बिक को परिबारलाई मृत्यु दाबि बापतको रकम ११ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त रकम निजका मृतकका बुबा वीर बहादुर सुनार लगायत अन्य शुभचिन्तक को उपस्थिति मा मृतक कि श्रीमती तथा ईच्छाईएको ब्यक्ति सपना बिकलाई अर्घाखाँची शाखा प्रमुख मिना बस्यालले हस्तान्तरण गरेकी हुन् ।

स्व. बीमितले बैदेशिक रोजगारमा जानुअघि सन नेपाल लाईफ ईन्स्योरेन्स बाट बैदेशिक रोजगार म्यादि जीवन बीमा पोलिसी लिएका थिए । उक्त बीमामा बिमाङ्क बापत १० लाख रुपैयाँ र किरिया खर्च बापत १ लाख रुपैयाँ गरि ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

उक्त चेक हस्तान्तरणका क्रममा शाखा प्रमुख बस्यालले मृत आत्माको चिर शान्तीको कामना गर्दै पीडितको चोटमा केही हद सम्म भएपनी आर्थिक रूपले मलम लगाउन पाएको मा जीवन बीमा एक ब्याबसाय मात्र नभई समाज सेवा पनि रहेको बताएकी छिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*