उपकार लघुवित्तको ओपनिङ रेञ्ज नै १२ सय माथि, आइपीओ पाउनेहरु बन्ने भए मालामाल

१५ बैशाख २०७९, बिहीबार १२:४४

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज कति पाउला भनि चासोको विषय बनेको छ ।

२०७८ साल चैत २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओ वैशाख ९ गते बाँडफाँड सम्पन्न भएको हो । उक्त आइपीओ प्राप्त गर्ने शेयरधनीहरुमा पहिलो कारोबारको लागि कति रेञ्ज पाउला भनि कौतुहलताको विषय बनेको छ ।

कम्पनीले पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ४०३ रुपैयाँ ९१ पैसादेखि अधिकतम १२११ रुपैयाँ ७३ पैसासम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुन कोही कम्पनीको पहिलो कारोबारका लागि वास्तविक नेटवर्थको तीनगुणासम्म ओपनिङ रेञ्ज तोक्ने भएकोले उक्त रेञ्ज पाउने देखिएको हो ।

कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को वास्तविक प्रतिशेयर नेटवर्थ ४०३ रुपैयाा ९१ पैसा रहेको छ । सोही नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज १२११ रुपैयाँ ७३ पैसा पाउने देखिएको हो । यसहिसाबमा नेप्सेले पहिलो कारोबारका लागि एक हजार भन्दा माथि ओपनिङ रेञ्ज तोकिदिएको खण्डमा कम्पनीको शेयर प्राप्त गर्ने शेयरधनीहरुले पहिलो दिनमा नै १० हजार रुपैयाा कमाउनेछन् । कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत गर्ने तयारीमा रहेको छ ।

संस्थाले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । गोलाप्रथामार्फत बाँडफाँड गर्दा कुल २२ हजार ११५ जनाले सेयर हात पारेका थिए । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् । कुल २३ लाख ५१ हजार ४६२ जनाले आवेदन दिएकामा २ हजार ४०६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*