युनियन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी रकम हस्तान्तरण

१५ बैशाख २०७९, बिहीबार १२:१९

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको इटहरी शाखाले बीमितको परिवारलाई बीमा दाबी रकम प्रदान गरेको हो ।

कम्पनीले कसेनी ६ मोरङ घर भई हाल इटहरी नगरपालिका वडा नं. २० सुनसरीमा स्थायी बसोबास गर्दै आएका ४० वर्षिय भारत गिरीको मृत्यु दाबी वापत उनकी हकवाला निलम गिरीलाई २१ लाख १२ हजार रुपैयाँ बराबरको चक हस्तान्तरण गरेको हो ।

बीमित गिरीले २०७६ साल पुष २९ गते २० वर्षको लागि बीमाङ्क २० लाख वार्षिक अग्रिम भुक्तानी बीमा योजना खरिद गरेका थिए । उनको कोरोनाका कारण मृत्यु भएको थियो ।

२ किस्ता वापतको रकम १ लाख ९४ हजार ७४८ रुपैयाँ मात्र बुझाएका गिरीको मृत्यु दाबी रकमको चेक इटहरी २० तरहरा स्थित बीमितको घरमा एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा प्रदेश नं. १ का प्रमुख भुपराज पराजुली, शाखा प्रमुख ऋषिराज पराजुली, एजेन्सि म्यानेजर भवानी बानियाँ, लोक बहादुर तामाङ, ज्ञानेश्वर चौधरीको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*