बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न लागेका हुन् ।
संस्थापक शेयरधनी दुर्गा बोहराले ८८ हजार ७१ कित्ता र जगदिश चन्द्र श्रेष्ठले १८१ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालन समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।
कम्पनीको नियमावलीअनुसार उक्त शेयर विद्यमान संस्थापक शेयरधनीलाई नै बिक्री गर्नुपर्ने भएकोले इच्छुक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवश्यक विवरण खुलाई आवेदन पेश गर्न सक्नेछन् ।
उक्त अवधिभित्र शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कुनै ब्यक्ति तथा संघ।संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।