एशियन लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेखमा छुट प्रदान गर्ने

१५ बैशाख २०७९, बिहीबार ११:४१

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल व्यतित बीमालेखमा ब्याज छुट गराउने भएको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीबाट जारी गरिएका तथा नियमित रुपाम बीमाशुल्क भुक्तानी नगरेको कारण मिति २०७७ वैशाख १५ भन्दा अगाडी ब्यतित भएका बीमालेखहरु २०७९ साल वैशाख १५ गतेदेखि २०७९ साल जेठ १२ गतेभित्र पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा छुट दिने जनाएको हो ।

साथै २०८४ वैशाख १५ पछि परिपक्व हुने बीमालेखहरुमा १०० प्रतिशत ब्याज छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै २०८१ वैशाख १५ देखि २०८४ वैशाख १५ सम्ममा परिपक्व हुने बीमालेखहरुको हकमा ५० प्रतिशत र २०८१ वैशाख १५ भन्दा अगाडि परिपक्व हुने बीमालेखहरुको हकमा २५ प्रतिशत ब्याज छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*