आरएमडीसी लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, कर्जा कर्जा परिचालनमा माहिर

१५ बैशाख २०७९, बिहीबार ११:०२

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा उल्लेख्य बृद्धि भएको छ ।

संस्थाले चालु आवको चैत मसान्तसम्ममा २६ करोड ५९ लाख रुपैयाँ पुगेको छ । जुन गत आवको तुलनामा ५१.७० प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्ममा संस्थाले १७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिसम्म आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी ४५.०५ प्रतिशतले बढेर ४४ करोड ७० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन नाफा पनि ५२.३१ प्रतिशतले बढेर ३७ करोड ९७ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र संचालन नाफा दुवै बढेकोले संस्थाको नाफामा उल्लेख्य प्रगति देखिएको हो ।

समिक्षा अवधिसम्ममा संस्थाको चुक्तापुँजी २० प्रतिशतले बढेर १ अर्ब २४ करोड १० लाख रुपैयाँ पुगेकोमा संस्थाको रिजर्भको आकार भने ८.१५ प्रतिशतले घटेर १ अर्ब ३ करोड रुपैयाँ संचित रहेको छ ।

साथै चैत मसान्तसम्ममा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट २७ करोड ३६ लाख रुपैयाँ सापटी लिई २ करोड २२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आवको तुलनामा कर्जा परिचालन १३३.२८ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधिसम्ममा संस्थाले ९५ लाख रुपैयाँ मात्रै कर्जा परिचालन गरेको थियो ।

यस अवधिसम्ममा संस्थाको प्रतिशेयर आम्दानी ५.९७ रुपैयाँले बढेर २८.५७ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ २६१ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*