बिजय लघुवित्तको नाफा ११ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको चैत मसान्तसम्ममा ९ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासम्मको वित्तीय विवरणअुनसार संस्थाको नाफा १०.९५ प्रतिशतले घटेको हो । गत आवको यस अवधिसम्ममा संस्थाले १० करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी भने २.८९ प्रतिशतले बढेर २६ करोड ५६ लाख रुपैयाँ पुगेको छ । यस अवधिसम्ममा संस्थाको संचालन नाफा भने ११.६१ प्रतिशले घटेर १२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । यसकारण संस्थाको नाफामा गिरावट आएको हो ।
कम्पनीको समिक्षा अवधिसम्ममा खराब कर्जा ३.३८ प्रतिशतबाट बढेर ४.७४ प्रतिशत पुगेको छ । कम्पनीको हाल कायम चुक्तापूँजी ३२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषको आकार ३४ प्रतिशतले बढेर २१ करोड ९० लाख रुपैयाँ संचित रहेको छ ।
त्यस्तै यस अवधिसम्मा संस्थाको प्रतिशेयर आम्दानी ३९.६४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८.४७ रुपैयाँ रहेको छ ।