शुक्रबार नेप्से कारोबार खोल्ने तयारी

१४ बैशाख २०७९, बुधबार १८:४३

काठमाडौं । नेप्सेले शुक्रबार कारोबार खोल्ने तयारी गरेको छ । सरकारको निर्णयले सेयर बजार ४ दिनमात्र खुल्ने अवस्था आएपछि नेप्सेले आइतबार बन्द गरेर सोमबारदेखि शुक्रबारसम्म खोल्ने तयारी गरेको  हो ।

नेप्सेको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले बोर्डमा यस प्रस्ताव पठाउने तयारी भईहरेको बताएका छन् । ‘सरकारको नयाँ निर्णयसँगै हामी शुक्रबार कारोबार खुलाउन नेपाल धितोपत्र बोर्डसँग भोलि नै छलफल गर्नेछौं’ सिइओ कार्कीले भने ।

’हालको व्यवस्था आईतबारदेखि विहीबारसम्म खुल्ले व्यवस्था रहेकोमा धितोपत्र निमावलीमा संशोधन गरी अब सोमबारदेखि शुक्रबार सम्म खुलाउने पहल नेप्सेले गर्नेछ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*