इन्जिनियर दीपेन्द्र कँडेलले उच्च अदालतमा गरे बहस

१४ बैशाख २०७९, बुधबार १८:२९

काठमाडौं । इन्जिनियर दीपेन्द्र कँडेलले उच्च अदालत पाटनमा बहस गरेका छन् । ग्रीन हिल सिटीमा घर किनेका कँडेलले ठगीमा परेपछि उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । कँडेलले पहिलो पटक इजलाशमा उभिएर बहस गरेको अनुभव सुनाए ।

श्रीमती शान्ता शर्माको नाममा किनेको घर निर्माण सम्पन्न गरी ग्रीन हिल सिटीले हस्तान्तरण गर्नुको साटो बैना रकम र बैंकबाट लिएको ऋण समेत गोलमाल गर्न खोजेपछि २०७८ मंसिर १४ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

सुरुमा कानुन व्यवसायीमार्फत मुद्दा लडेका कँडेलले आज आफ्नो मुद्दामा आफैले बहस गरेका हुन् । कँडेलले आम सर्वसाधारणले आफ्नो मुद्दामा आफैले बहस गर्न पाउने कुरा सिकाउन आफै बसहमा उत्रिएको बताए । उच्च अदालतका न्यायाधिश ध्रुवराज नन्द र अमृत बहादुर बस्नेतको इजलाशमा कँडेलले बहस गरेका हुन् ।

 

कँडेलको विपक्षमा नेपाल राष्ट्र बैंक, सेन्चुरी बैंक र ग्रीनहिल सिटीका तर्फबाट नौ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए । सामाजिक अभियान्ता कँडेलले आफ्नो मुद्दा आफैले बहस गरेर आम जनतालाई आफ्नो कुरा आफैले इजलाशमा राख्न पाइने हुँदा सक्नेले आफ्नो मुद्दा आफैले पनि बहसमा उत्रिनुपर्ने सन्देश दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*