एशियन लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

१४ बैशाख २०७९, बुधबार १७:१८

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण भएको छ । कम्पनीको २५ लाख ३९ हजार ८३५ कित्ता संस्थापक शेयर सर्वसधारण शेयरमा परिणत भएको हो ।

कम्पनीले संस्थापकतर्फ यसअघि कायम ७० प्रतिशत शेयर स्वामित्व घटाएर ६० प्रतिशत कायम गरेको हो । अब कम्पनीमा संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधराण तर्फ ४० प्रतिशत (६०ः४०) शेयर स्वामित्व कायम भएको छ ।

कम्पनीको २०७८ साल साउन ३१ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*