नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने
१४ बैशाख २०७९, बुधबार ११:१६
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुद्दती निक्षेपमा लगानी गर्न लगानीयोग्य क र ख वर्गका बैंक तथा वित्तीय संस्थालाई शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
कम्पनीले नेपाल राष्ट्र बैंकबाट क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुहरुमा एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्नुपर्ने भएकाले सो बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीको वेबसाइटमा उपलब्ध रहेको फाराम भरी ७ दिनभित्र गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।