शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर लिलामीमा, आजदेखि खरिद गर्न पाइने
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ४५ हजार ९९१ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी आज (बुधवार) देखि विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता १८५ रुपैयाँ तोकिएको छ । यसअुनसार आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
इच्छुक खरीदकर्ताहरुले वैशाख २२ गते कार्यालय समयभित्र एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।
उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
यो शेयर बाँडफाँटमा प्राप्त गर्ने खरीदकर्ताहरुले कम्पनीद्वारा वैशाख १४ गतेपश्चात घोषणा हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्नेछन् ।