कुमारी बैंकको सिइओमा रामचन्द्र खनाल नियुक्त
१४ बैशाख २०७९, बुधबार १०:३५
काठमाडौं । कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सिइओमा खनाललाई चयन गरेको जनाएको हो ।
कम्पनीको वैशाख १३ गते बसेको संचालक समितिको बैठकले वैशाख १४ गतेदेखि नै लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत खनाललाई सिइओ पदमा नियुक्त गरेको हो ।