प्रथम बीमा शुल्कमा सिटिजन–सन नेपाल–रिलायबलको चमत्कार, नौ महिनामा १९ कम्पनीद्धारा २९ अर्ब संकलन

१३ बैशाख २०७९, मंगलवार १८:२२

काठमाडौं । चालु आवको ९ नौ महिनाको अवधीमा नयाँ बीमा कम्पनीहरु सिटिजन, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले चमत्कारिक रुपमा व्यवसाय विस्तार गर्न सफल भएका छन् ।

बीमा समितिले आज प्रकाशित गरेको वित्तिय विवरण अनुसार सिटिजन लाइफ इन्स्यारेन्स कम्पनीले एलआईसी नेपाललाई उछिनेर तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।

नौ महिने अवधीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चार अर्ब ८३ करोड रुपयाँ संकलन गरेर सबैभन्दा अगाडि रहेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले तीन अर्ब २२ करोड प्रथम बीमा शुल्क आम्दानी गरेर दोस्रो स्थानमा उक्लिन सफल भएको छ । तेस्रो स्थानमा आईपुगेको सिटिजन लाइफले दुई अर्ब तीन करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

समग्रतामा दोस्रो नम्वरमा रहेको एलआईसी नेपालले एक अर्ब ९४ करोड सहित चौथो स्थानमा रहेको छ भने पाँचौं स्थानमा सन नेपाल लाइफले एक अर्ब ८६ करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै, नयाँ कम्पनी रिलायबल नेपाल लाइफले एक अर्ब ८२ करोड संकलन गरेको छ ।

नयाँ कम्पनीको रुपमा सबैभन्दा अगाडि रहेको युनियन लाइफले एक अर्ब ७२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्दा अर्को एशियन लाइफले एक अर्ब ५२ करोड, सूर्या लाइफले एक अर्ब ४० करोड, ज्योति लाइफले एक अर्ब २६ करोड, मेट लाइफले एक अर्ब १२ करोड, आईएमई लाइफले ९८ करोड, प्राइम लाइफले ९७ करोड, रिलायन्स लाइफले ८१ करोड, सानिमा लाइफले ७९ करोड, प्रभु लाइफले ७५ करोड, राष्ट्रिय बीमा संस्थानले ७४ करोड, महालक्ष्मी लाइफले ५५ करोड र गुराँस लाइफले ५० करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*