गभर्नर अधिकारीको मुद्दा आज टुंगो लागेन, हेर्दाहेर्दैमा राखेर बिहिवार अन्तिम टुंगो लगाइने

१३ बैशाख २०७९, मंगलवार १७:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई गर्दा गर्दै नभ्याइएपछि बिहिवारको लागि सारिएको छ । उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर थप सुनुवाई गर्न लागिएको हो ।

आज सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको इजलाशमा सुनुवाई भएको थियो । मध्यान्ह १२ः३० बजेदेखि सुरु भएको सुनुवाई खाजा पश्चात पुनः सुरु भएको थियो । कानुन व्यवसायीहरुको बहस नसकिएपछि इजलाशले हेर्दा हेर्दैमा रोखर लगातार सुनुवाई गर्न लागेको हो । अर्को पेशी बिहिवारको लागि तोकिएको छ ।

आज १३ जना कानुन व्यवसायीहरुले बहस गरेका छन् । बाँकी कानुन व्यवसायीहरुले बिहिवार ११ बजेदेखि बहस गर्नेछन् ।

आज बहस नसकिएपछि लगभग घर जाने निश्चित भएका गभर्नर अधिकारीको नेपाल राष्ट्र बैंक यात्रा दुई दिन थप भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*