चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले संकलन गरे एक खर्ब बीमा शुल्क, नेपाल लाइफ सबैभन्दा अगाडि

१३ बैशाख २०७९, मंगलवार १७:५०

काठमाडौं । चालु आवको चैत्र मसान्तसम्ममा नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले कूल एक खर्बभन्दा बढि बीमा शुल्क आम्दानी गरेका छन् ।बीमा समितिले उपलब्ध गराएको तथ्याङ अनुसार चालु आवको नौ महिनाको अवधीमा कूल एक खर्ब दुई अर्ब ४२ करोड ९९ लाख सात हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेका छन् । सो रकममा २८ अर्ब ८९ करोड रुपैयाँ प्रथम बीमा शुल्क रहेको छ भने ७३ अर्ब ५३ करोड रुपैयाँ नविकरण बीमा शुल्क रहेको छ ।

कूल बीमा शुल्कको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि छ । सो कम्पनीले २६ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै, दोस्रो नम्वरमा एलआईसी नेपाल रहेको छ । सो कम्पनीले १२ अर्ब ४५ करोड कूल बीमा शुल्क आम्दानी गरेको छ ।

कूल बीमा शुल्कको आधारमा तेस्रो नम्वरमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १० अर्ब १३ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । त्यस्तै, राष्ट्रिय बीमा संस्थान छ अर्ब ९८ करोड रुपैयाँ संकलन गरी चौथो नम्वरमा परेको छ भने युनियन लाइफ छ अर्ब १६ करोड रुपयाँ संकलन गरेर पाँचौं नम्वरमा परेको छ ।

एशियन लाइफ पाँच अर्ब १३ करोड रुपैयाँ संकलन गरेको छ भने मेट लाइफ चार अर्ब तीन करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै, प्राइम लाइफ तीन अर्ब ८९ करोड, सूर्या लाइफ तीन अर्ब ६३ करोड, सिटिजन लाइफ तीन अर्ब ९० करोड, सन नेपाल लाइफले तीन अर्ब तीन करोड रुपैयाँ संकलन गरेका छन् ।

त्यस्तै, रिलायबल नेपाल लाईफ दुई अर्ब ९९ करोड, ज्योति लाइफ दुई अर्ब ६३ करोड, गुराँस लाइफले दुई अर्ब ३३ करोड, आइएमई लाइफ दुई अर्ब ३८ करोड कूल बीमा शुल्क संकलन गरेका छन् । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले नौ महिनामा एक अर्ब ४७ करोड रुपैयाँ संकलन गर्दा सानिमा लाइफले एक अर्ब ७३ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ भने रिलायन्स लाइफले दुई अर्ब चार करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*