निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे २८ अर्ब माथि, कुन कम्पनीले कति गरे ?(तथ्याङ्क सहित)

१३ बैशाख २०७९, मंगलवार १७:१०

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा २८ अर्ब ७० करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएक छन् ।हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा २८ अर्ब ७० करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

Source :Beema Samiti

यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममो ३ अर्ब ७१ करोड रुपैयाँ कुल बीमशुल्क आर्जन गर्न सफल भएको छ।दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनील यस अवधिसम्मा २ अर्ब ४२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले २ अर्ब २३ करोड रुपैयाँ कुल बीमा आर्जन गरेको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९४ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब ६४ करोड रुपैयाँ ,राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४२ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ , हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीले १ अर्ब २२ करोड रुपैयाँ, यूनाइटेड इन्स्योरेन्सले १ अर्ब २१ करोड रुपैयाँ , नेपाल इन्स्योरेन्सले १ अर्ब १८ करोड, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब १७ करोडरुपैयाँ र प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ३ करोड, प्रुडेन्सियल इन्स्योरेन्स ले १ अर्ब १० लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ९२ करोड ७४ लाख रुपैयाँ, जनरल इन्स्योरेन्सले ७२ करोड २४ लाख रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले ७२ करोड ६ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ६७ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*