नेपाल लाइफका अभिकर्ताले लिए भारतका मेटिभेटर सोनु शर्माबाट तालिम

१३ बैशाख २०७९, मंगलवार १४:५३

काठमाडौं । भारतका प्रख्यात मेटिभेटर सोनु शर्माबाट नेपाल लाइफका अभिकर्ता र एजेन्सी म्यानेनजरहरुले उत्प्ररेणामूलक तालिम लिएका छन् ।आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।उक्त कार्यक्रम कम्पनीका डिसिईओको हातबाट पानसमा बति बालेर शुरु गरिएको कार्यक्रम बिनोद भुजेलले संचालन गरेका थिए ।

उक्त भब्य कार्यक्रममा १ हजार ५ सय भन्दा बढि सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।कम्पनीले आर्थिक बर्ष २०७७र७८ को अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत कम्पनीले उत्कृष्ट एजेन्सी म्यानेनजरहरुलाई मोटिभेशन कार्यक्रममा सहभागी गराएका हुन् ।कम्पनीले १० लाख वा सो भन्दा बढी प्रथम बीमाशुल्क दिने एनजेन्सी म्यानेनजरलाई मेटिभेशनल कार्यक्रममा सहभागी गराएको जनाएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*