युनियन लाइफको व्यतीत बीमालेख नवीकरणमा ब्याज छुट

१३ बैशाख २०७९, मंगलवार १४:२८

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेखको नवीकरणमा आफना बीमितलाई ब्याज छुट सुविधा दिने भएको छ। कम्पनीले एक महिनासम्मका लागि शतप्रतिशत ब्याज छुट सुविधा दिन लागेको हो ।

दुई वर्ष अघिदेखि व्यतीत भएका बीमालेखहरुको नवीकरण गराउँदा लाग्ने बिलम्ब शुल्क, ब्याजमा आवश्यक प्रक्रिया पूरा गरी वैशाख १३ देखि जेठ १५ गतेसम्मका लागि शत् प्रतिशत छुट गरिएको कम्पनीले जनाएको छ। उक्त ब्याज छुटको लाभ लिन ग्राहकलाई कम्पनीले अनुरोध गरेको छ।

कम्पनीले बीमालेख नवीकरण गराउँदा बीमा अवधि भरी एक पटक मात्र ब्याज छुटको सुविधा प्राप्त गर्न सकिने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*