फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सिइओ आशनारायण चौधरीले दिए राजिनामा, का.मु. सिइओको जिम्मेवारी भट्टराईलाई
१३ बैशाख २०७९, मंगलवार १०:२८
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ)आशनारायण चौधरीले राजिनामा दिएका छन् ।
उनले आफ्नो घरायसी कारण देखाई सो संस्थाको कामको निरन्तरता दिन नसक्ने भनी दिएको राजिनामा कम्पनीको वैशाख १२ गते बसेको संचालक समितको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
साथै सोही बैठकबाट नै अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका सहायक महाप्रबन्धक कृष्णप्रसाद भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा चयन गरेको छ ।