विमानस्थलमा यात्रु शुल्क बृद्धि गर्ने सरकारको निर्णय, नाट्टाले गर्यो विरोध

१३ बैशाख २०७९, मंगलवार ०६:३८

काठमाडौं । सरकारले विमानस्थलमा यात्रुहरुसँग लिँदै आएको सेवा शुल्क बृद्धि गर्ने निर्णय गरेको छ । सरकारको सो निर्णयका विरुद्धमा पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ ।

नाट्टाका अध्यक्ष रमेश थापाले सोमबार एक विज्ञप्ति जारी गरी सरकारले ‘विमानस्थल सेवा शुल्क नियमावली–२०७८’ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु रु तीन हजार पु¥याएको भन्दै नाट्टाले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेको छ ।

“कोभिड–१९ पछि विस्तारै चलायमान हुने सकारात्मक सङ्केत देखिन थालेको र पर्यटन आगमन क्रमशः बढ्न लागेको अवस्थामा सरकारी निकायबाट विभिन्न समस्या देखाउँदै बारम्बार पर्यटन व्यवसायलाई प्रतिकूल प्रभाव पार्ने गरी निर्णय भएकोमा नाट्टाको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*