गरिमा क्यापिटलको छैटौँ वार्षिक साधारणसभा सम्पन्न, पाँच संचालक निर्विरोध निर्वाचित

१२ बैशाख २०७९, सोमबार १८:३२

काठमाडौं । गरिमा क्यापिटलको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम २०७८ आसार मसान्तमा कायम चुक्तापुँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम १ करोड ८४ लाख ८३ हजार ८९५.९३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्न स्वीकृति प्रदान गरेको छ।

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व ५ जना संचालकको निर्विरोध निर्वाचित गरेको छ। सञ्चालकमा चयन हुनेहरुमा दीपक पाण्डेय, रमाकान्त बराल, यादवकुमार श्रेष्ठ, माधवप्रसाद उपाध्याय र अनिल श्रेष्ठ छन्। सभालगत्तै बसेको सञ्चालक समितिको बैठकबाट दीपक पाण्डेय अध्यक्ष पदमा मनोनयन भएका छन्।

सभाले आव २०७७÷७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०७७÷७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*