अरुण भ्याली हाइड्रोपावरमा लगानीकर्ता भुम्मिए, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१२ बैशाख २०७९, सोमबार १५:२२

काठमाडौं । आइतबार ९५ अंकले बढेको शेयरबजार आज ३४ अंकले घटेको छ । अघिल्लो दिन अकस्मात शेयरबजार एकाएक बढेपनि आज पुनः फेरी ओरालोको बाटो तय गरेको छ ।

देश आर्थिक संकटकाबीच रहेको अवस्थामा शेयरबजार आश्चर्यजनक रुपमा ९५ अंकले बढ्दा शेयर माफियाहरुले चलखेल गरी बजार बढाएको हुनसक्ने प्रक्षेपण गरिएको थियो ।

आज नेप्सेमा सूचीकृत २३९ कम्पनीको ५० लाख ४७ हाजरज ७६९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँको कारोबार भएको छ ।

दुई अर्बमािथको कारोबार हुँदा आज सर्वाधिक अरुण भ्याली हाइड्रोपवारको शेयर खरिदबिक्री भएको छ । कम्नपीको आज एकैदिन ८ करोड ११ लाख ९१ हजार ८२४ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड, ६२ लाख, हिमालयन डिस्टिलरीको ६ करोड ४३ लाख, अपि पावरको ५ करोड ६८ लाख र एनआइसी एशिया बैंकको ५ करोड ३८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*