शेयरबजारमा ३४ अंकको गिरावट, ११ सूचक घट्दा २ अर्बको कारोबार

१२ बैशाख २०७९, सोमबार १५:१३

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा पुनः गिरावट आएको छ । अघिल्लो दिन अकस्मात ९५ अंकले नेप्से परिसूचक बढ्दा लगानीकर्ताहरुले निर्वाचन नजिकिँदै गएसँगै शेयर माफियाहरुले बजारको ढाँचा बदल्न खेल खेलेको अनुमान लगाएका थिए ।

आज पुनः नेप्से ३४.९५ अंकले घटेरे २३८६.०१ विन्दुमा पुगेको छ । देश आर्थिक संकटको अवस्थामा रहेको समयमा पनि शेयरबजार एकाएक आश्चर्यजनक रुपमा बढ्दा कसरी बढ्यो भन्ने लगानीकर्ताहरुको मनमा कौतुहलता पैदा भएको थियो ।

आज नेप्सेमा सूचीकृत २३९ कम्पनीको ५० लाख ४७ हाजरज ७६९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा रहेका १३ उपसूचक मध्ये २ समूह बाहेक ११ समूह राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूह र म्युचुअल फण्ड समूह बाहेकका सबै सूचक घटेको हो ।

सर्वाधिक जीवन बीमा समूहको १९९.३१ रुपैयाँ र निर्जिबन बीमा समूहको १५०.०९ रुपैयाँले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*