नन् ट्यारिफ बीमादरबारे सहमति, फक्यान र इप्पानको आन्दोलन स्थगित

१२ बैशाख २०७९, सोमबार १३:३४

काठमाडौं । नन् ट्यारिफ बीमादरबारे नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) र स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)ले आन्दोलन सोमबार विभिन्न निर्णयसँगै सहमति पश्चात् स्थगित भएको छ । साथै बीमा समितिले जारी गरेकाे नन् ट्यारिफ बीमादर स्थगन गर्ने सहमति भएकाे आन्दाेलनका अगुवा स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानका अध्यक्ष कृष्ण आचार्यले बताए ।

बीमा समितिले एक साताका लागि ननट्यारिफ सम्बन्धी निर्देशिका स्थगित गर्ने र नयाँ कार्यदल गरेर संसोधन गर्ने बिषयमा सहमती भएको एफक्यानका महासचिव रोशन दाहालले बीमापोष्टलाई बताए ।एक साता पश्चात् संसोधन भएर आउने निर्देशिकामा संसोधित ननट्यारिफ बुँदा नआँउदासम्मको लागि हाललाई आन्दोलन स्थगीत गरिएको हो , उनले भने ।

बीमा समितिले समस्या समाधानको लागि आज सार्वजनिक खरिद अनुगमन कार्यालय, अर्थमन्त्रालय, शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा बीमक संघका पदाधिकारी तथा पीडित पक्षहरु निर्माण व्यवसायी तथा स्वतन्त्र उर्जा उत्पादक संघका बीचमा छलफल गराएकाे थियाे । आजकाे छलफल साैहार्दपूर्ण वातावरणमा सम्पन्न भएकाे र  हाललाई आन्दोलन र बीमादर स्थगन गर्ने सहमती भएको हो । आन्दोलन सोमबार विभिन्न निर्णयसँगै सहमति पश्चात् स्थगित भएको छ ।

यस अघि बीमासम्बन्धी जारी गरिएको निर्देशिक २०७८ लगायतका प्रावधान संशोधन तथा खारेज गर्न र एकमुष्ठ म्याद थपसहित अन्य विषयका समस्या समाधानका लागि धर्ना दिन समितिमा धर्ना बसेको थियो ।

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुका लागि जारी गरेको बिबादास्पद नन ट्यारिप विजनेस निर्देशिका बिरुद्ध स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र नेपाल निर्माण ब्यवसायी महासंघ (एफक्यान) हिजोबाट निर्माण कार्य राेकेर आन्दाेलित भएका थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*