पोखरामा सिक्री चोर्ने पौडेलको मेयर टिकट खोसियो, एमालेले कृष्ण थापालाई बनायो पोखराको उम्मेदवार

१२ बैशाख २०७९, सोमबार ०८:५५

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । चर्को विरोधसँगै पौडेलको मेयर पदको टिकट खोसिएको छ । उनले पोखरामा एक सुन पसलबाट सिक्री चोरेको भिडियो पूर्व सचिव भिम उपाध्यायले हिजो विहान सामाजिक सञ्जालमा राखेका थिए ।

त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की एमाले विभाजित छ । पौडेलले गुरुङ प्यानलबाट टिकट पाएका हुन् । त्यसपछि उनीविरुद्ध प्रहार धेरै भयो । अन्ततः उनको टिकट फिर्ता लिएर खगराज प्यानलका थापालाई टिकट दिइएको हो ।

उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् । यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताएपनि अहिले मौन छिन् । थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् । थापालाई रोक्न पृथ्वीसुब्बाले प्रदेश सरकार आफ्नो बन्ने र त्यहाँ मत नपुग्ने कार्ड फालेका थिए । तर उनको कार्ड सफल हुन सकेन ।

अन्ततः थापालाई टिकट दिइएको छ । थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका ब्यक्ति हुन् । २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए । न्यूजकारखानाबाट

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*