गुराँस लाइफद्वारा मृत्यु दावी भुक्तानी

११ बैशाख २०७९, आईतवार १९:०५

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको तुलसीपुर बसोबास गर्ने बीमित स्व.केशव वली को मृत्यु पश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमती रुपा केसी लाई तुलसीपुर शाखाका शाखा प्रमुख सतिश कुमार धितालले एक कार्यक्रमका बिच मृत्यु दावी बापतको चार लाख पचासी हजार छ सय रुपैयाँ हस्तान्तरण गरेको छ । स्व. केशव वलीले बीमाङ्क रकम रु.चार लाख को गुराँस सावधीक जीवन बीमा गरेको थियो ।

कम्पनीको तुलसीपुर शाखाका प्रमुख धितालले जीवन बीमा बचत मात्र नभई आर्थिक क्षती विरुद्धको सुरक्षा पनि भएकोले जीवन बीमा सबैका लागि आवश्यक रहेको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*