गुराँस लाइफको व्यतित बीमालेखमा नविकरण गर्दा ३० प्रतिशत व्याज मिनाहा

११ बैशाख २०७९, आईतवार १७:२५

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले बीमालेख नवीकरण गर्दा लाग्ने व्याजमा छुट प्रदान गरेको छ । कम्पनीले व्यतित भएका बीमालेखहरुको नविकरण गर्दा ३० प्रतिशत व्याज मिनाहा गर्ने भएको हो ।

समयमा बीमाशुल्क भुक्तानी नगरेको अर्थात अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखमा ३० प्रतिशत व्याज छुट दिन लागेको हो । यससँगै बीमितले २०७९ बैशाख ११ गतेदेखि जेठ १० गतेसम्म नवीकरण गराएमा मात्रै उक्त छुट पाउने समेत कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार सन् २०२२ मा परिपक्व हुने बीमालेखमा भने यो छुट सुविधा लागू हुँदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*