९५ अंकले बढेको शेयरबजारमा यी १० कम्पनीको भयो सर्वाधिक खरिदबिक्री

११ बैशाख २०७९, आईतवार १५:२६

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । नेप्से परिसूचक आज ९५.४६ अंकले बढेर २४ सयको विन्दुमा कायम हुन पुगेको छ ।

एकाएक शेयरबजारमा उछाल आउँदा शेयर माफियाहरुले मार्केटको स्ट्रक्चर परिवर्तन गर्न बजार बढाएको हुन सक्ने अनुमान लगाइरहेका छन् । नेप्से आज ४.११ प्रतिशतले बढेतापनि कारोबारमा खासै उत्साहपन देखिएको छैन ।

आज नेप्सेमा सूचीकृत २३८ कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९२ रुपैयाँको कारोबार भएको छ ।

वैशाख ३० गते हुने लागेको स्थानीय तहको निर्वाचनको लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै शेयरबजारमा उछाल आएको प्रक्षेपण गरिएको छ । आज शेयरबजार एकाएक बढेपनि कारोबार र शेयर मात्रा खासै बढ्न सकेको छैन । नयाँ वर्षयता  २ अर्बमाथिको कारोबार भएको र सूचकहरु सबै बढेको भने आज पहिलो पटक नै हो ।

साढे दुई अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक खरिदबिक्री हुने कम्पनीमा सानिमा बैंकको प्रोमोटर शेयर रहेको छ । उक्त कम्पनीको आज एकैदिन २२ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको हो ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ११ करोड ७६ लाख, अरुण भ्याली हाइड्रोपावरको ९ करोड १२ लाख, हिमालयन डिस्टिलरीको ८ करोड ४१ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३४ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*