कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयर बाँडफाँड

११ बैशाख २०७९, आईतवार १२:२७

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले लिलामीमा ल्याएको शेयर बाँडफाँड भएको छ । बैंकले हकप्रद शेयर निष्काशन गर्दा बाँकी नरहेको अर्थात् नबिकेको सर्वसाधारण समूहको १ लाख २० हजार १२० कित्ता शेयर लिलामीमार्फत बिक्रीमा ल्याएकोमा उक्त शेयर बाँडफाँड गरिएको हो ।

उक्त हकप्रदमा न्यूनतम २०२ रुपैयाँ ६ पैसा (कट अफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । यता, आवेदकले लिलामी बाँडफाँटमा नपरेको सेयर वापतको पैसा आज (वैशाख ११ गते) देखि फिर्ता पाउने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*