एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा
११ बैशाख २०७९, आईतवार १२:१६
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।
बैंकका संस्थापक शेयरधनी अनन्त कुमार गोल्याणले आपफ्नो नाममा रहेको ७ लाख १९ हजार ९५० कित्ता शेयर बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न चाहाने बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र रजिष्टार्ड कार्यालय, थापाथली काठमाडौंमा बोलपत्र पेश गर्नुपर्नेछ । साथै उक्त अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कुनै व्यक्ति तथा संघ।संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।