उपकार लघुवित्तद्धारा शेयर रजिष्ट्रार नियुक्त

११ बैशाख २०७९, आईतवार १२:०१

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ ।

यसअघि लघुवित्तले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा पनि एसबिआई मर्चेण्ट बैकिङ्गलाई नै नियुक्त गरेको थियो ।

कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम वैशाख ९ गतेदेखि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबाट भएको कम्पनीले जानकारी दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*