प्रुडेन्सियल इन्स्योरेन्स वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डा

११ बैशाख २०७९, आईतवार ११:४३

काठमाडौं । पु्रडेन्सियल इन्स्योरेन्स वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
कम्पनीले हाल कायम १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँमा उक्त बोनस सेयर प्रस्ताव गरेको हो ।

सभा वीरगञ्जस्थित दियालो लर्डस प्लाजामा दिउँसो १२ः३० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि प्रुडेन्सियलले चैत २४ गते बुक क्लोज गरिसकेको छ ।
चैत २३ गतेसम्म कायम रहेका सेयरधनीहरुले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*